बढ्दै अन्तर बैंक ब्याज, घट्दै कर्जा प्रवाह

बढ्दै अन्तर बैंक ब्याज, घट्दै कर्जा प्रवाह


काठमाडौं– नेपाल राष्ट्र बैंकको चैत ८ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ९२ अर्ब निक्षेप संकलन भएको छ । चैत ७ गते ६१ खर्ब ८६ अर्ब निक्षेप रहेकोमा एकैदिन ६ अर्बले निक्षेप बढेको केन्द्रिय बैंकको तथ्यांकले देखाउँछ ।

बैंकको तथ्यांकअनुसार गत बिहीबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८० अर्ब भएको छ । जसमध्ये वाणिज्य बैंकले ४४ खर्ब ९६ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको तथ्यांकले ७ गते भने वाणिज्य बैंकले ५० खर्ब ८१ अर्ब कर्जा प्रवाह भएको देखाएको छ । सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ७९.६४ कायम भएको छ ।

बुधबार ७९.७३ रहेको सिडि रेसियो बिहीबार ०.०९ ले घटेर ७९.६४ पुगेको हो । त्यस्तै, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको देखाएको छ । बुधबार भने अन्तरबैंक ब्याज २.६२ प्रतिशत रहेको थियो ।