भदौ महिनाभरका लागि सनराइजले ल्यायो नारीका लागि छूटैछूटको योजना

भदौ महिनाभरका लागि सनराइजले ल्यायो नारीका लागि छूटैछूटको योजना

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सनराइज् बैंकले भदौ महिनाका लागि नारी विशेष योजना ल्याएको छ। योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई यस महिनाभर विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको जनाएको छ।

यो योजनामा बैंकले भदौभर नारी बचत खाता खोल्ने महिलाहरुलाई विभिन्न पाँचवटा सेवाहरु निःशुल्क दिने भएको छ। प्रथम वर्षका लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, के्रडिट कार्ड तथा लकर सेवा छन्।

साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौ महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरुलाई पहिलो कारोबार गर्दा २५% वा रु ३०० सम्मको छुट समेत प्रदान गर्ने जनाएको छ। 

साथै, सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भदौ महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा २५% विन्दुको छूट दिने समेत बैंकले जनाएको छ।

हालको समयका आधुनिक र स्मार्ट नारीहरुलाई अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्नेदेखि आधुनिक सेवा उपयोग गर्ने सम्मका विभिन्न सुविधाहरु निशुल्क दिने व्यवस्था गरेको हो । 

सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजनाअन्तर्गत प्रदान गरेको निशुल्क डिम्याट र मेरो शेयरले नारीहरुमा सेयर कारोबार प्रति अझ बढि प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त रहेको जनाएको।