बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सीईओ बैदवारको कार्यकाल थप गरिएको छ । सञ्चालक समितिको निर्णयले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिरेन्द्र बैदवार क्षेत्रीको कार्यकाल थप गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको सीईओ बैदवारको कार्यकाल थप गर्न स्वीकृतिका लागी बीमा समितिमा पत्र पठाएको थियो । बीमा समितिले सीईओ बैदवारको कार्यकाल थप गर्न सोमबार स्वीकृति दिएको हो । सीईओका बैदवारको कार्यकाल ४ बर्ष थप गर्ने निर्णय सञ्चालक समितिले गरेको थियो ।
बैदवारको पहिलो कार्यकाल आजदेखि सकिँदैछ । सीईओ बैदवारले आजदेखि नै दोस्रो कार्यकाल सम्हाल्ने छन् । कम्पनीको सीईओ हुनुभन्दा अगाडि बैदवार बरिष्ठ प्रबन्धक रहेका थिए । युनाइटेड र सगरमाथा इनस्योरेन्स समेत काम गरेको अनुभव सीईओ बैदवारसँग छ ।
प्रतिक्रिया