काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। शुक्रबार सुन तोलामा १३ सय रुपैयाँले घटेको हो। बिहीबार १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया