संखुवासभा– सामाजिक संजालमा गाली गलौज गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्वर–१० चन्दनपुर बस्ने २३ वर्षका प्रज्वल दीप धौलाकोटी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा तथा प्रहरी चौकी चन्दनपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार खाँदबारी नगरपालिका–१० चन्दनपुरबाट पक्राउ गरेको हो ।
उनलाई सांकेतिक नाम संखुवासभा (झ) लाई फेसबुकमा हैरानी गर्ने, अश्लिल शब्दहरुको प्रयोग गरी गाली गलौज गरेको अभियोगमा पक्राउ गरीएको हो ।
धौलाकोटी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय संखुवासभाका प्रहरी निरीक्षक अशोक कुमार जबेगुले जानकारी दिए ।





About Us
प्रतिक्रिया