मौद्रिक नीतिले तरलतादेखि कारोबार सहजतासम्मको कुरा समेटेको छः उपाध्यक्ष अनिल कुमार उपाध्याय 

मौद्रिक नीतिले तरलतादेखि कारोबार सहजतासम्मको कुरा समेटेको छः उपाध्यक्ष अनिल कुमार उपाध्याय 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले नयाँ मौद्रिकलाई भने सकारात्मक रुपमा लिएको छ । कोभिडले प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै राष्ट्र बैंकले बैंकिङ सहुलियत मौद्रिक नीतिमार्फत् प्रदान गरेको हुँदा स्वागतयोग्य भएको नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल कुमार उपाध्ययाले बताए । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले नयाँ मौद्रिक नितिले सम्पूर्ण क्षेत्रलाई समेटेको बताए ।

उनले भने,‘पुनरसंरचना, पुनरतालिकीकरण, तरलता व्यवस्थापन, ब्याजदर करिडोरमा बैंकहरुलाई मौद्रिक नीतिले सहजता दिएको छ,’ उनले भने, ‘राष्ट्र बैंकले कर्जाको विस्तार आर्थिक वृद्धिलाई असर नगर्ने गरी लक्ष्यमा राखेको छ ।’

सीसीडी रेसीयो खारेजका साथै, पुँजी बजारमा लगाइएको क्यापले बैंकिङ क्षेत्र विकास र विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । तर, नयाँ मौद्रिक नीतिले समग्ररुपमा वित्तीय तथा आर्थिक स्थायित्वको लागि सकारात्मक नै रहेको उनले बताए । 

कर्जाको विस्तारलाई पनि नियन्त्रित रुपमा विस्तार गर्ने कुरा आँफैमा नराम्रो होइन उनले भने, '२० प्रतिशतको बृद्धि रहेकोमा १९ प्रतिशतको कर्जा विस्तार नराम्रो हाेइन'

मार्जिन लेण्डिङमा पनि सिमा निर्धारण गर्नु धेरै जोखिममा मान्छेहरु नपरुन भनेर उक्त नीति लिइएको उनले बताए। "जोखिम हेर्ने काम पनि राष्ट्र बैंककै हो। त्यसले गर्दा केन्द्रिय बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको छ।" उनले भने ।

क्रस होल्डिंङको कुरा स्पष्ट नभएकाले अहिले नै कति संख्यामा मर्जर तथा प्राप्तिमा जान्छन र कति रहन्छन् भन्न नसकिने उनले बताए। एकै लघुवित्तमा धेरै बैंकको लगानी भएकाले त्यसलाई क्रस होल्डिंले कसरी व्यवस्था हुन्छ भन्ने कुरा राष्ट्र बैंकले आगामी दिनमा ल्याउने निर्देशिकामा निर्भर रहने उनले बताए।