नबिल बैंकको विभिन्न शाखाले मनायो ग्लोबल मनी विक

नबिल बैंकको विभिन्न शाखाले मनायो ग्लोबल मनी विक


काठमाडौं – नबिल बैंक लिमिटेडका विभिन्न जिल्लाका विभिन्न ३ शाखाले ग्लोबल मनी विक मनाएको छ । नेपालमा ग्लोबल मनी विकको सुरुवाती चरणदेखि नै नबिल बैंक यसमा सक्रिय रुपले लागिरहेको छ । अहिलेको आवश्यकता वित्तीय साक्षरतालाई जनमानसम्म पुर्याउन यसरी ग्लोबल मनी विक मनाउँदै आएको बैंकले जनाएको छ ।नबिल बैंकको धापासी शाखाले टोखाको सामाखुसी चोकमा रहेको अध्यायन विद्यालयमा ‘ग्लोबल मनी विक २०२४’ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गर्यो । ५० जना विद्यार्थीहरुको उपस्थितीमा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

त्यस्तै, बैंकले कोशी प्रदेशको खोटाङ जिल्लाको दिक्तेल बहुमुखी क्याम्पसमा पनि ग्लोबल मनी विक दिवस मनाइएको छ । सो विद्यालयमा शिक्षक सहित कुल ६५ विद्यार्थीको उपस्थिती रहेको थियो । ग्लोबल मनी विकको अवसरमा भएको कार्यक्रममा सहभागि विद्यार्थीहरुले आफुलाई मनमा लागेका, उठेका प्रश्नहरु बैंकका जनप्रतिनीधि समक्ष राखेका थिए । सो कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितालगायतका विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकको तारहरा शाखाले सुनसरी जिल्लाको सयपत्री माध्यमिक विद्यालयमा पनि ग्लोबल मनी विक कार्यक्रम सम्पन्न गरेको छ । बैंकको सो शाखाले ५० जना विद्यार्थीहरू उपस्थितीमा ग्लोबल मनी विकको कार्यक्रम सम्पन्न गरेको हो । बैंकले आयोजना गरेको ग्लोबल मनी विकको कार्यक्रममा विद्यार्थीहरूलाई प्रस्तुतीकरण र प्रश्नोत्तरहरू मार्फत बैंकले दिने सेवा, वित्तीय साक्षरताका विषयमा छलफल भएको बैंकले उल्लेख गरेको छ ।

नबिल बैंकले विशेषगरी युवा तथा बालबालिकालाई बैंक के हो, बैंकिङ्ग कारोबार, बैंकिङ्ग कारोबारमा ध्यान दिनुपर्ने कुरालगायत विषयवस्तुलाई ध्यानमा राखी ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम गर्ने योजनाका साथ ग्लोबल मनी विकको अवसरका कार्य गर्दै आएको छ ।