शेयर धितो कर्जामा कडाई, एक जनाले कतिसम्म लिन पाउने ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गर्दै एक जनाले अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन सक्ने व्यवस्था गरेको छ।

लगानीकर्ताले एक बैंकबाट अधिकतम ४ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन सक्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मार्जिन कर्जाको सिमालाई भने यथावत राखेको छ। लगानीकर्ताले ७० प्रतिशतसम्म शेयर धितो कर्जा लिन सक्ने व्यवस्था यथावत राखेको हो।