बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद बीमाशुल्क संकलनलाई ८८.०१ प्रतिशतले बढाएको छ ।
कम्पनीले २ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ५७ करोड ३८ रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । यस अवधिमा कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २१ करोड ४३ लाख रुपैयाँ कमाएको रिलायबलको खुद नाफा ५.३९ प्रतिशतले बढेको हो ।
कम्पनीको जगेडा कोषमा ८४ करोड ३५ लाख कायम भएको छ । कम्पनीको जीवन बीमा कोष १२०.८९ प्रतिशतले बढेर २ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५.३१ रुपैयाँबाट बढेर १६.१४ रुपैयाँ पुगेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६५.९६ रुपैयाँ छ । रिलायबल नेपालले लगानी कर्जा तथा अन्यबाट कम्पनीले ३६ करोड ९१ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चौथो कम्पनीले ३ अर्ब १ करोड ४७ करोड ९७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ६० करोड ३३ लाख ३८हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीले यस अवधिमा ७५ करोड ५ लाख १८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले ८ हजार ६४ दाबी वापत सो रकम भुक्तानी गरेको हो ।
इन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) बिक्रीका लागि पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
रिलायबल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २१२ रुपैयाँको दरले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेको हो।
प्रतिक्रिया