चिनियाँले नेपाली मौलिकतामा देखेको व्यवसाय ‘सुइरो’

चिनियाँले नेपाली मौलिकतामा देखेको व्यवसाय ‘सुइरो’


रोजगार, उच्च शिक्षा, तालिम लगायतका विभिन्न प्रयोजनमा अथवा बहानामा ठूलो संख्यामा नेपाली युवाहरू विदेशिने क्रम बढिरहेको अवस्थामा नेपाल मै सम्भावनादेखि नेपालीपन झल्कने अर्थात् मैलिक व्यवसाय गर्दै आइरहेका उदाहरण पनि धेरै छन्। नेपालको कला, कौशल, संस्कृति तथा परम्पराले हाम्रो चिनारी विश्वभरी गराएको कुरामा दुईमत छैन । यस्तै मौलिक नेपाली सामग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने मुख्य लक्ष्यको साथमा खुलेको व्यवसाय मध्ये एक हो ‘सुइरो’। ‘सुइरो’ को सञ्चालिका हुन् हाम्रो उत्तरी छिमेकी देश चीनकी नागरिक होङ्मे।

नेपाली चियाको व्यापार नेपाली ब्रान्डमै गर्नुपर्छ भन्ने प्रारम्भिक अवधारणामा होङ्मेले फाइटोकेमेस्ट्रीमा विशेषज्ञता हाँसिल गरेकी छिन् । यो विषय बिरुवा र बिरुवा जन्य उत्पादनसँग सम्बन्धी रसायन विज्ञान हो। पढाइका क्रममा उनका प्रशिक्षक धेरै पटक चियाको उदाहरण दिन्थे त्यसैको प्रभाव र उत्सुकताले चियामा होङ्मेको रूचि बढ्यो। होङ्मे चिनियाँ नागरिक भएपनि नेपालको प्रकृतिको विषयमा खुब चासो राख्ने बताउँछिन्। होङ्मे पहिलो पटक २०६९ सालमा नेपाल आएकी थिइन् । त्यसै बेला उनी नेपाली संस्कृतिप्रति आकर्षित भएकी हुन्। होङ्मेको नेपाल मोह र व्यवसाय ‘प्रेमको उपज’!

नेपालका अनुप शर्मा विद्यावारिधिको शोधार्थीका रूपमा २०६७ सालमा चीन गएका थिए । यही क्रममा चाइनिज एकेडेमी अफ साइन्सेसमा होङ्मेसँग भेट भया होङ्मे त्यहाँ स्नातकोत्तर तहमा पढ्थिन् । कलेज परिसरमा भेट हुँदै जाँदा प्रेममा परिणित भयो अनि २०७१ सालको अन्त्यतिर दुवै जना नेपाल आए र बिहे गरे होङ्मेले कर्म घरलाई कर्म थलो बनाएको पनि १० वर्ष भयो ।
उनी नेपालमा संम्भावना नै सम्भावना देख्छिन्। विशेष गरी कृषिप्रधान देश नेपालमा कृषिकर्मको वातावरण, स्रोतहरू प्रकृती भित्र लुकेको स्वाद जसमा राम्रो स्वास्थ्यसँगै आएपनि सहयोग पुर्याउँछ । होङ्मेले यसै कुराहरूलाई मध्यनजर गर्दै लामो समयसम्म गर्न सकिने केही व्यवसाय गर्न रुचाइन् । फलस्वरुप नेपाली कला र संस्कृति, प्राकृतिक स्वाद झल्किने व्यापार गर्ने उद्देश्यले शुरु गरिन ‘सुइरो’ । अर्थात्, स्वदेशी तथा विदेशीले विभिन्न प्राकृतिक बस्तुबाट बनेको चियाको स्वाद पाउने ठाउँ । ‘सुइरो’ ले सोझै किसानबाट चियापत्ती किन्छ । खोजे अनुसारको चिया उत्पादनका लागि तुलनात्मक रूपमा कृषकलाई धेरै मूल्य दिने गरेको उनको भनाइ छ ।


‘सुइरो’ मा पचास भन्दा बढि चियाको स्वाद लिन सकिन्छ जुन स्वादीलो मात्र नभएर स्वास्थ्यका दृष्टीकोणबाट पनि लाभदायक छ । हरेक प्रकारका फूलहरू जुन हामी कल्पना पनि गर्दैनौं । त्यस्ता फुलहरूको पनि चिया पाइन्छ सुईरोमा। होङ्मे भन्छिन्, ‘व्यवसायसँगै नेपाली सामग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न चाहान्थे। यसै अनुसार अधिकांशले बुझ्ने नाम राख्न चाहन्थे । केही समयमा नेपालीमा प्रयोग हुने सुइरो नाम बनाए’। चियाको स्वाद लिन सर्वसाधारणदेखी विदेशी, राजनीतिज्ञ अनि सेलिब्रेटीहरू सम्म पुग्छन् । सुइरोले अहिले उलङ, ह्वाइट टी, गोल्डेन टिप्स, सिल्भर टिप्स, यल्लो टी, ग्रीन टी, डार्क टी, ब्ल्याक टी इत्यादि स्वादका चिया बेच्दैछ । यसका अलवा हर्बल आयुर्वेदिक र सुकेका फूल ‘फ्लोरल’ चिया पनि पाइन्छ । नेपालमा पाउने गुर्जो, तुलसी, घोडताप्रे, पिप्ला, अम्बाको बोक्रा, पाँच औंले, सयपत्री, लगायत हिमाली भेगमा पाउने जडिबुटी को चिया स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो सबै अध्ययन गरेर, विज्ञसँग सल्लाह गरेर मात्रै चिया बनाउन थालिएको हो । यी चियामा ग्राहकले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।

राष्ट्रियता र भाषा फरक भए पनि होङ्मेको उद्देश्य एउटै छ–सुइरो मार्फत नेपालको प्रकृतिमा लुकेको स्वाद र सम्भावनालाई उत्पादनको विकास, संरक्षण गर्दै विश्व बजारमा पुर्याउने । नेपालको कला, संस्कृति, भाषा, जातीय पोशाक लगायत हरेक कुराबाट आफू प्रेरित भएको होङ्मे बताउँछिन्। ‘सुरूका दिनमा विदेशी ग्राहक मात्रै थिए, बिस्तारै नेपालीहरू आउन थालेका छन्। अहिले निरन्तर गतिमा बजार बढ्दैछ। ’कुनै पनि रचनात्मक कामको लागि आफू उभिनुपर्छ । महिला वा पुरुष सबै मिलेर काम गर्नुपर्छ, भेदभाव रहित व्यवहार भयो भने सबै काम सम्भव छ’, उनी बताउँछिन् । उनलाई व्यवसाय सुरु गर्न श्रीमानको ठूलो सहयोग छ।

नेपालमा अथाहा संभावना हुँदाहुँदै पनि नेपाली युवाहरू विदेशिइरहेको कुराले दुःख लाग्ने गरेको हो बताउँछिन् । युवाहरू विदेशिने लहरले होङ्मसँगै काम गर्ने धेरै कर्मचारीहरू पनि विदेश पलायन हुदाँ समस्या हुने गरेको बताउँछिन् ।
‘नेपाली युवाहरूलाई म माया गर्छु जसले भविष्यमा राम्रो काम गर्न चाहिरहेको हुन्छन् । धेरै काम गर्न चाहन्छन् तर सधैँ समस्याको सामना गर्न डराएर विदेश जाने गर्छन् ।’ विदेश गएपनि छोटो समयमा अनुभव लिएर सिप सिकेर आफ्नो व्यवसाय गर्ने सोच राखेर नेपाल फर्किन आवश्यक रहेको उनी बताउँछिन् । उनी युवालाई अवसर खोज्न बाहिर निस्केपनि सीप, शिक्षा, अनुभव लिएर नेपाल मै सदुपयोग गर्न आग्रह गर्छिन।

उनी भन्छिन्, ‘म आफैं भित्रबाट आएको प्रेरणा हुँ । इमानदारीपूर्वक तपाई भित्रबाट आएको प्रेरणाले तपाई आफ्नो भविष्यको बाटो बनाउन सक्नुहुन्छ ।’ तपाई आफ्नो भविष्यको लागि राम्रो गर्न चाहनुहुन्छ भने इमान्दारिता र लगन हुन आवश्यक छ । आफुले जुन काम गरिरहिएको छ उत्कृष्ट काम गर्दा सफल भइन्छ । काम गर्ने प्रेरणा आफु भित्रबाट आयो भने जुनैपनि काम सफल हुन्छ ।’