दुर्गा प्रसाईँका कार्यकर्ताद्वारा ज्योती विकास बैंक र एभरेष्ट बैंकको झापा शाखा तोडफोड

दुर्गा प्रसाईँका कार्यकर्ताद्वारा ज्योती विकास बैंक र एभरेष्ट बैंकको झापा शाखा तोडफोड


काठमाडौं– दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्‍यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । बैंक तोडफोडको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

बिर्तामोड– ५ को सिटी सेन्टरअगाडिबाट सुरू र्‍याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२/ १५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुलाई बैंकका सिसाहरु फुटाउँदै गर्दा पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, वडा नम्बर– ५ का अन्जेश राई, बुद्वशान्ती गाउँपालिका – ४ का दीपेश राई र बिर्तामोड –४ का पवन दुलाल रहेका छन् ।