बढ्दो निक्षेप संकलन, अन्य सूचक कस्तो ?

बढ्दो निक्षेप संकलन, अन्य सूचक कस्तो ?


काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणलीमा निक्षेप संकलनमा केही वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार ६ अर्बले निक्षेप संकलन बढेको हो । राष्ट्र बैंकको वैशाख २४ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ७१ अर्ब निक्षेप संकलन भएको छ। वैशाख २३ गते भने ६१ खर्ब ६५ अर्ब निक्षेप रहेको थियो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा वाणिज्य बैंकहरुबाट ५४ खर्ब ५७ अर्ब निक्षेप संकलन भएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा पनि बढेछ । बैंकको तथ्यांकअनुसार गत सोमबारसम्ममा कुल कर्जा प्रवाह ५१ खर्ब १० अर्ब भएको छ । बैंकको तथ्यांकले वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा पनि केही वृद्धि भएको उल्लेख गरेको छ। पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकले ४५ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेको छ। सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.५४ कायम भएको छ।

त्यस्तै, बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदरमा केही गिरावट आएको उल्लेख गरेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.६९ प्रतिशत रहेको देखाएको छ। २३ गते भने अन्तरबैंक ब्याजदर २.९१ रहेको थियो ।