लगन र आत्मविश्वासले सुरु भएको ‘सम्य गार्डेन’ 

लगन र आत्मविश्वासले सुरु भएको ‘सम्य गार्डेन’ 


काठमाडौं– पछिल्लो समय आफ्नै थोरै पुँजी, सीप र व्यवस्थापनमा उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर हुनेहरूको जमात बढ्दो छ । आफ्नो अठोट र उद्यमशीलतामा विश्वास गर्दै बजारको आवश्यकतालाई सूक्ष्म रूपमा बुझ्न सके नेपालमै सम्भव छ भनेर कोसिस गर्नेको सखा पनि बढेको छ । आफ्नो रुचि र लगनले व्यवसायमा पनि सहभागिता बढ्दै गएका उदाहरण हाम्रै वरिपरि छन् । 

तिनैमध्ये एक हुन् सोनम टेन्जिङ्ग, लगन र मिहिनेतले काम गरेमा व्यवसाय सुरुवात गर्न कठिन नभएको प्रमाणित गरेका सोनमले। उनले सुन्दर वातावरण,पारिवारि वातावरण साथै होटल व्यवसायमा फरकपनको आभास गराउन ‘समय गार्डेन’ सञ्चालन गरिरहेका छन् ।सोनम आफ्नो व्यवसायबाट आम्दानी मात्र नभएर सबैको लागि सहज वातारण प्रदान गर्न ‘समय गार्डेन’ रेस्टुरेण्ट सञ्चालन गरिरहेको बताउछन्  । यसको मुख्य विशेषता ठूलो आँगनमा बसेर, फराकिलो माहौलमा समय बिताउन सक्नु हो । खुल्ला ठाउँ, खानाको परिकार,  साथै विभिन्न खेल खेलेर पनि समय बिताउन सक्नु हो । 

नेपालमा व्यापार व्यवसाय गर्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नेलाई राज्यबाट सहयोग नभएको खण्डमा धेरै युवाहरू विदेशिनु परिरहेको छ । स्वदेशमा केही सम्भव छैन भनी निराशा छाइरहेको अवस्थामा केही सम्भावनाको वृक्षारोपण भइरहेको देख्न सकिन्छ । नेपालमा आर्थिक अवसर नभएको र विदेशिनु बाध्यता रहेको उनको भनाई छ । विद्यार्थी तथा युवाहरूलाई पकेट खर्चको आवश्यकता भइरहेको हुन्छ । नेपालमा काम र पढाई साथै भविष्यको लागि केही गर्न नेपालमा कठिन भएको कारण सबै विदेशिनु नै विकल्प हुन्छ । 

नयाँ–नयाँ ठाउँ घुम्न जान मन पराउने सोनम आफ्नो पढाई पश्चात् बिस्कुट कम्पनीमा काम गर्थे । यसै सिलसिलामा उनले आफ्नै केही गर्ने चाहानामा सुरुवात गरे ‘सम्य गार्डेन’चाइनिज तथा तिब्बती परिकार लगाएत विभिन्न खाना पाइने उनको होटलमा विशेष गरी पारिवारिक समय बिताउन आउने गरेको उनको धारणा छ ‘विशेषतः यहाँ आनन्द वातावरण भएको कारण नै ग्राहकहरू आउनुहुन्छ ।’ हामीले ग्राहकलाई घरमै बसेको अनुभूति होस भन्ने हिसाबले यो रेस्टुरेन्टकाे सुरुवात गरेका हौं । 

कुनै पनि व्यवसाय सुरुवात गर्नु त्यो आफैमा चुनौती हो । तर त्यो व्यवसायलाई कसरी अगाडि बढाउने भन्नेमा आफूमा भएको चाहानाले परिभाषित गर्ने गर्छ । नेपाल जहाँ नयाँ काम सुरुवात गर्न कठिन मानिन्छ त्यस्तो ठाउँमा धेरै व्यवसायहरूको सुरुवात भइरहेको पनि देख्न सकिन्छ । सोनम भन्छन् ‘व्यवसाय भनेको योजना र व्यवस्थापन हो ।’ हामीले हाम्रो व्यवसायलाई कसरी वृहत् बनाउने भन्ने हाम्रो हातमा हुन्छ ।’बजारमा प्रतिस्पर्धा धेरै भएको अवस्थामा ग्राहकलाई कसरी खु्शी बनाउने, सबैबाट कसरी राम्रो प्रतिक्रिया प्राप्त गर्ने भन्ने हरेक रेस्टुरेण्टको चुनौती रहेको उनको भनाई छ । ‘पहिलो बजारमा व्राण्डमा ल्याउनु नै चुनौती हो । भने अर्को ग्राहकको मन कसरी जित्ने भन्ने डर नै चुनौती हो ।’

युवा सासंदहरुले पार्ट टाइम कामको लागि आवाज उठाइरहेको देख्न सकिन्छ यदि नेपालमा यस्तो व्यवस्था आयो भने विदेशिनेको संख्यामा कमी आउँछ । विदेश जाने रहर कसैको पनि हुँदैन ।

नेपालमा व्यापार व्यवसाय गर्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नेलाई राज्यबाट सहयोग नभएको खण्डमा धेरै युवाहरू विदेशिनु परिरहेको छ । स्वदेशमा केही सम्भव छैन भनी निराशा छाइरहेको अवस्थामा केही सम्भावनाको वृक्षारोपण भइरहेको देख्न सकिन्छ । नेपालमा आर्थिक अवसर नभएको र विदेशिनु बाध्यता रहेको उनको भनाई छ । विद्यार्थी तथा युवाहरूलाई पकेट खर्चको आवश्यकता भइरहेको हुन्छ । नेपालमा काम र पढाई साथै भविष्यको लागि केही गर्न नेपालमा कठिन भएको कारण सबै विदेशिनु नै विकल्प हुन्छ । 

‘युवा सासंदहरुले पार्ट टाइम कामको लागि आवाज उठाइरहेको देख्न सकिन्छ यदि नेपालमा यस्तो व्यवस्था आयो भने विदेशिनेको संख्यामा कमी आउँछ । विदेश जाने रहर कसैको पनि हुँदैन ।’नेपालमा अवसरको बाटो थुप्रै छ तर सरकारी नीतिगत, अस्थिरता, र कोसिस गर्नेहरूलाई साथ नभएको कारण धेरै युवा विदेशिरहनु परेको उनको धारणा छ । तर, सरकारलाई मात्र दोष दिनु भन्दा हामी युवा आफैले पनि अवसर खोज्न आवश्यक छ । ‘सरकारलाई मात्र दोष दिनु भन्दा हामीले पनि पहल गर्न आवश्यक रहेको जस्तो देखिन्छ ।’

हामीले पहल गरेको खण्डमा ढिला कार्यान्वयन हुने एउटा परिस्थिति छ ।  तर बैंकको तर्फबाट पनि व्यवसायीहरूलाई सहयोग नभएको जस्तो देखिन्छ । यसै विषयमा सोनाम भन्छन् ‘हामीलाई होटल बनाउन तीन महिना लाग्छ भने बैंकको काम गर्न नै छ महिना लाग्छ ।’ यस्तो हुँदा हामीले बैंक तथा सरकारी ऋण लिनु भन्दा साथी भाइबाट नै ऋण लिने गर्दछौ ।’