फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्सद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक

फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्सद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक


काठमाडौं – नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ । स्वतन्त्र निजी अनुसन्धानमूलक संस्था फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले पुस्तक सार्वजनिक गरेको हो।

पुस्तकको ९ औँ संस्करणमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक लगायत २४ वटा विषय समेटिएका छन् ।फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजना सञ्चालन गर्नुका साथै स्थापना कालदेखि नै (सन् २०१२) देखि नै सामाजिक सञ्जाल र छापामार्फत दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गर्दै आएको छ।

यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै यसलाई तथ्यांक र अन्तर्दृष्टिहरू प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ।

तथ्य अनुसन्धान र विश्लेषण प्रा. लि. (फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्स प्रा.लि २०१२) मा स्थापना भएको एक निजी अनुसन्धानात्मक संस्था हो । संस्थाले रिटेल अडिट सेवाहरू, अनुकूलित अनुसन्धान, अभियान रणनीति र ग्राहकहरूको लागि मिडिया गतिविधिमा विशेषज्ञता राख्ने गरेकाे छ। अनुसन्धानको आधारमा सही र कार्ययोग्य डाटा प्रदान गर्छन् । यस संस्थाले नेपालको अनुसन्धान उद्योगमा अद्वितीय र आकर्षित पहल गरेको छ ।

उक्त पुस्तकको मूल्य रु. ५ सय रूपैयाँ ताेकिएकाे छ । साथै, संस्थाबाटै पुस्तक खरिद गरेमा ३० प्रतिशत छुटकाे समेत व्यवस्था गरिएकाे छ । थप जानकारीको लागि ९७७१४५६९९२४, ९८०१८८६३१८, ९८०१८८६३३२ सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।