‘युवा पुस्ताहरूले आफ्नो व्यक्तित्वमा निखरता ल्याउन बीमा क्षेत्रमा काम गर्न आवश्यक छ’

‘युवा पुस्ताहरूले आफ्नो व्यक्तित्वमा निखरता ल्याउन बीमा क्षेत्रमा काम गर्न आवश्यक छ’


काठमाडाैं – देशमा व्यवस्था परिवर्तन भयो तर धेरैको अवस्था परिवर्तन कहिले हुन सकेन। देशमा तीन तहको सरकार छ । तर, जनताले आफ्ना समस्याको पोको फुकाउन आफ्ना देशका सरकारको भन्दा विदेशका सरकारको आशा गर्नु परेको छ । देशमा रोजगारीका अवसर नहुनु , सरकारले केही गर्छु भन्नेका लागी सहजीकरण गर्नुकाे ठाउँमा झन्झट पैदा गरिदिनु जस्ता कारणले पनि देश छोड्नेको सङ्ख्या बढिरहेको छ। 

सम्भावनाको कमीकै कारण केही गर्न सकिँदैन भनेर छाएको निराशाजनक परिस्थितिमा विदेश जानेको भिडभन्दा केही पर थोरै संख्यामै सही नयाँ सम्भावनाको वृक्षारोपण पनि भइरहेको छ। राज्यले रोजगारीको वातावरण सिर्जना गर्न नसकिरहेको अवस्थामा  आफै उचित बाटो खोजी सही सदुपयोग गर्नेहरूको पनि कमी भने छैन। 

धेरै युवाहरु विदेशिनु रहर नभएको बाध्यता भएको उनको बुझाइ छ । खत्री भन्छन् ‘नेपालमा अवसर पाए भने म जस्तो युवा बाहिरिनु पर्दैन थियो होला ।’ भौतारि रहेका युवाहरूलाई बीमा क्षेत्रमा प्रवेश गर्न प्रोत्साहन गर्दै भन्छन्, ‘बीमा क्षेत्रमा सबै जना मिहिनेतर लगन लिएर काम गर्नु भयो भने राम्रो हुन्छ ।’ ‘मैले बीमा क्षेत्रलाई योगदान र लगनशीलता दिए बापत सन्तुष्टि र सफलता प्राप्त गर्दै आएको छु ।

युवाहरूमा छाएको निराशाले देशको भविष्यमा पनि प्रश्न उठिरहेको छ। काम पनि सजिलै नपाइने, सानो लगानीमा केही गर्न पनि नसकिने । यो कटु यथार्थलाई चिर्दै केही युवाहरू भने स्वदेशमै केही गर्छु तर विदेश पलायन नहुने भनेरै कोही यहीँको रोजगारी त कोही सानो तिनो उद्यमनै भए पनि गरेर बसिरहेका छन्। त्यस्तै, युवामध्ये एक हुन राजु खत्री जो बीमा क्षेत्रमा संलग्न भई आफ्नो जीवनले सार्थकता पाएको महसुस गर्छन्। सिन्धुपाल्चोक  सुनकोसी ७ पात्ले घर भएका खत्रीले २०७४ साल ५ महिना १९  गते बाट नेपाल लाइफ इन्स्योरेन्समा कर्मचारीको रूपमा काम सुरु गरेका हुन्। बीमा क्षेत्रमा ७ वर्ष काम गरेसँगै अहिले नेपाल लाइफ इन्स्योरेन्सको चौतारा उपशाखाको म्यानेजर समेत बनिसकेका छन्। 


बीमा क्षेत्रमा सफलता पाउनका लागि इमान्दारिता र लगन हुन आवश्यक रहेको राजुको अनुभव छ । ‘बीमा क्षेत्रले मेरो जीवनको परिवेश नै परिवर्तन गरिदिएको छ। अहिले सबै बिदेसिने लहर चलिरहँदा मैले बीमा क्षेत्रमा नै आफ्नो भविष्य देखे ।’ यस पेसामा भविष्य धेरै उत्तम देखेको भन्दै राजु अभिकर्ता  भएर काम गर्न सबैलाई प्रेरित गर्छन् । उनी भन्छन्, ‘मलाई बीमा क्षेत्रमा सबै भन्दा पहिला प्रवेश गर्नको लागि दाइले प्रेरित गर्नु भएको थियो । खत्रीले जीवन बीमाको महत्त्व दर्साउँदै भन्छन् ,‘जीवन बीमा क्षेत्रमा ७ वर्ष पूरा हुन लाग्यो। राजु भन्छन् ,‘जीवन बीमा बचत, सुरक्षा तथा लगानी सबै भएको कारण म बीमा प्रति आकर्षित भएको हो। ’ अभिकर्ता देखि यहाँ सम्मको यात्रामा धेरै बीमितहरुसँग जोडिन पाए बीमा सुरक्षा हो भन्ने चेतना फैलाउन सफल भएको छु । यो मेरो लागि सफलतानै हो ।’ उनको सुरुवाती दिनमा आफूले बीमा नबुझे पनि आफ्नो परिवार तथा बीमामा काम गर्न प्रेरणा दिएका दाइले आफूलाई राम्रोसँग बाटो देखाएको बताउँछन । कुनैपनि व्यक्ति सफल हुन उनलाई आफ्नो घर, परिवारको साथले ठुलो मद्दत रहेको उनको अनुभव छ । 


बीमा क्षेत्रमा लागेर पाएको सफलतामा उनी भन्छन्, ‘ म विगत लामो समय देखि बीमा क्षेत्रमा काम गरिरहँदा विभिन्न शाखामा काम गर्ने मौका पाए । म यो पेसामा संलग्न भएपछि धेरै सम्मान पाएको छु । मैले धेरै उपाधि हासिल गरिसकेको छु । मैले बीमा पेसाबाट जीवनमा धेरै कुरा सिक्ने र सिकाउने मौका पाएको छु । खत्रीले बीमा सबैको लागि आवश्यक भए पनि बीमा गर्नु भन्दा पहिले नै बीमितले आफ्ना लागि कुन बीमा उपयुक्त छ भन्ने पहिचान गर्न आवश्यक रहेको बताउँछन् । बीमा क्षेत्रमा नै समस्या छ या बीमा प्रति ग्राहकहरूको बुझाई गलत हुनुमा केही व्यवसाय मात्र हेरेर काम गर्ने अभिकर्ताको पनि गल्ती भएको उनको भनाइ छ । ‘कतिपयले पाँच वर्षमा बीमा डबल हुन्छ भनिदिएको हुन्छन्,’ पाँच वर्षपछि त्यस्तो नहुँदा बीमितको यसप्रति नकारात्मक धारणा बन्न पुग्छ । त्यसैले बीमा गराउँदा त्यसरी झुक्काएर बीमा नगराउने हो भने यसप्रति धारणा सकारात्मक नै भेटिन्छ’। नयाँ युवा पुस्ताहरूलाई व्यक्तित्व विकास, क्षमता विकास र जनसम्पर्कका लागि पार्ट टाइम वा फूल टाइम बीमा अभिकर्ता भएर काम गर्न आव्हान गर्छन् ।

‘बीमा क्षेत्रमा सबै जना मिहिनेतर लगन लिएर काम गर्नु भयो भने राम्रो हुन्छ ।’ ‘मैले बीमा क्षेत्रलाई योगदान र लगनशीलता दिए बापत सन्तुष्टि र सफलता प्राप्त गर्दै आएको छु ।


धेरै युवाहरु विदेशिनु रहर नभएको बाध्यता भएको उनको बुझाइ छ । खत्री भन्छन् ‘नेपालमा अवसर पाए भने म जस्तो युवा बाहिरिनु पर्दैन थियो होला ।’ भौतारि रहेका युवाहरूलाई बीमा क्षेत्रमा प्रवेश गर्न प्रोत्साहन गर्दै भन्छन्, ‘बीमा क्षेत्रमा सबै जना मिहिनेतर लगन लिएर काम गर्नु भयो भने राम्रो हुन्छ ।’ मैले बीमा क्षेत्रलाई योगदान र लगनशीलता दिए बापत सन्तुष्टि र सफलता प्राप्त गर्दै आएको छु ।

 मैले बीमा क्षेत्रलाई योगदान र लगनशीलता दिए बापत सन्तुष्टि र सफलता प्राप्त गर्दै आएको छु ।

जीवन बीमाको लागि बीमीतलाई नेपाल लाइफ नै रोज्नु भन्छु ’ उनी भन्छन्, ‘हाम्रो संस्थाले नयाँ जीवन बीमा गराउन योग्य नागरिकहरूलाई जीवन बीमा योजनाहरूको बिक्री वितरण, दाबी भुक्तानीमा अब्बल, जीवन बीमा शिक्षा तथा जनचेतना प्रदान गर्ने, जीवन बीमाको फाइदा प्रकाश पार्ने, अधिकतम जनस्तरमा जीवन बीमाको सेवा विस्तार गर्ने काम गरिरहेका छौं । ’ जीवन बीमा सम्बन्धी सूचना, जानकारीहरू जनमानसमा दिँदै सचेतना जगाउँदै नेपाल लाइफ व्यवसायिक बाटो र पेशागत धर्म निर्वाह  गर्दै निरन्तर अघि बढिरहेको खत्री बताउँछन् । 

बीमा क्षेत्रमा काम गर्दा पछिल्लो समय नयाँ अवसरहरू बढ्दै गएको र यसमा आबद्ध हुने युवाको सङ्ख्या पनि बढ्दो क्रममा रहेकोमा उनी खुशी छन् । उनले इमान्दार र लगनशील भएर काम गरेमा बीमाले धेरै थोक दिने उनको सात वर्षको अनुभवले बताएको छ । यसका साथै  सबैलाई बीमा गर्न आवश्यक रहेको र बीमा क्षेत्रमा काम गर्दा जीवनले सार्थकता पाउने उनको धारणा छ ।