४४ लघुवित्तको कमाइ ९ अर्ब बढी, नाफा १४२ प्रतिशत बढ्यो, लाभांश क्षमता कसको कति ?

४४ लघुवित्तको कमाइ ९ अर्ब बढी, नाफा १४२ प्रतिशत बढ्यो, लाभांश क्षमता कसको कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

राष्ट्रिय तथा प्रादेशिक स्तरमा सञ्चालित ४४ लघुवित्त कम्पनीले झन्डै साढे ९ अर्ब रुपैयाँ नाफा कमाएका छन् । आर्थिक बर्ष २०७७/७८ मा ती कम्पनीहरुले ९ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आर्थिक बर्षको भन्दा १ सय ४२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ती संस्थाहरुले ३ अर्ब ९० करोड रुपैयाँ मात्रै नाफा कमाएका थिए । 

शनिबारसम्म सार्वजनिक भएका ती लघुवित्त कम्पनीको चुक्ता पुँजी १९ अर्ब ७२ करोड रुपैयाँ छ । यी संस्थाहरुले गत वर्ष कमाएको उक्त नाफा प्रतिशेयर औसत ४७.९३ रुपैयाँ हो ।। 

यस्तो छ लघुवित्तको प्रतिशेयर आम्दानी

हालसम्म वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तमध्ये अधिकांशको नाफामा उत्साहजनक सुधार देखिएको छ । केही लघुवित्तले भने आश्चर्यजनक प्रगति हासिल गरेका छन् । प्रतिशेयर आम्दानीको आधारमा हेर्दा २ वटा लघुवित्तको नाफा १०० प्रतिशत भन्दा धेरै देखिएको छ । उपकार लघुवित्तको प्रतिशेयर आम्दानी १ सय ४६ रुपैयाँ छ भने जीवन विकास लघुवित्तले १ सय १३ रुपैयाँ आम्दानी गरेको छ । 

महिला लघुवित्त, फरवार्ड र श्रृजनशील लघुवित्तको नाफा दोहोरो अंकमा मात्रै भए पनि यी कम्पनीहरुले ८५ रुपैयाँभन्दा माथि आम्दानी गरेका छन् । त्यस्तै,  थप १२ वटा लघुवित्तको नाफा ५० रुपैयाँभन्दा माथि आम्दानी गरेका छन् । 

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई २० प्रतिशत भन्दा बढी लाभांश दिन कडाई गर्दै आएको छ । बैंकको पछिल्लो सर्कुलर अनुसार लघुवित्त संस्थाहरुले २० प्रतिशत भन्दा बढी लाभांश दिँदा बढी हुने लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा थप गर्नुपर्ने व्यवस्था गरेको छ । यसअनुसार उल्लेखित १५ कम्पनीबाहेक थप २३ वटा कम्पनीको नाफा समेत प्रतिशेयर २० रुपैयाँ भन्दा बढी देखिएको छ । 

२० रुपैयाँ भन्दा कम प्रतिशेयर आम्दानी हुने लघुवित्तको संख्या ४ वटा मात्रै छ । त्यसमध्ये आरएसडीसी लघुवित्त थोक कर्जा प्रवाह गर्ने कम्पनी हो । २० रुपैंयाँ भन्दा बढी प्रतिशेयर आम्दानी गर्ने आरएमडीसी लघुवित्त पनि थोक कर्जा प्रवाह गर्ने कम्पनी हो ।

लाभांश क्षमता कति ? 

लघुवित्त संस्थाहरुले प्रकाशित गरेको लेखापरीक्षण नगरिएको वित्तीय विवरणलाई आधार मान्ने हो भने अहिले ती कम्पनीहरुको औसत प्रतिशेयर आम्दानी ४७.९३ रुपैयाँ छ । 

राष्ट्र बैंकले २० प्रतिशत भन्दा बढी लाभांश दिँदा ५० प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेका कारण नाफाको सबै रकम लाभांश बाँड्न पाइँदैन । यसो हुँदा लघुवित्त संस्थाले औसत करिब ३४ प्रतिशत मात्रै नाफा वितरण गर्नसक्ने क्षमता राख्छन् । 

यसमध्ये सबैभन्दा बडी प्रतिशेयर आम्दानी गर्ने उपकार लघुवित्तले ८३ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता राख्छ । त्यस्तै, जीवन विकास लघुवित्तले ६६.६७ प्रतिशत लाभांश दिन सक्छ ।

लघुवित्त संस्थाको अवस्था