बैंकिङ्ग समाचार, काठमाडौं ।
विभिन्न २२ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त, महिला लघुवित्त र सिभिल लघुवित्त लगायत २२ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
कुन लघुवित्तले कति नाफा कमाए ?
१. जीवन विकास लघुवित्त वित्तीय संस्था
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको गत चौथो त्रैमाससम्मको खुद नाफा ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १०२ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा ३४ करोड १४ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
२. छिमेक लघुवित्त वित्तीय संस्था
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष ८७ प्रतिशत बढी खुद नाफा भएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीले ६४ करोड ९२ लाख ४० हजार रुपैयाँ नाफा गरेको थियो ।
३. महिला लघुवित्त
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष १६७ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीको यो नाफा ३ करोड ४७ लाख १३ हजार रुपैयाँ थियो ।
४.आरम्भ चौतारी लघुवित्त
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ३९० दशमलव ५७ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म २ करोड ४० लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ यो नाफा गरेको हो ।
५. निर्धन उत्थान लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ९१ करोड ९१ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षभन्दा खुद नाफा २२३ दशमलव २६ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष कम्पनीको यो नाफा २८ करोड ४३ लाख ४५ हजार रुपैयाँ थियो ।
६. लक्ष्मी लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्म ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १९६ प्रतिशत बृद्धि भएको हो ।
७. स्वाभिमान लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ५ करोड ५९ लाख १ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा २ करोड १८ लाख ९५ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १५५ प्रतिशत बृद्धि भएको हो ।
८. एनएमबि लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ७ करोड ५५ लाख ९८ हजार रुपैयाँ यो नाफा गरेको थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको नाफा १६३ प्रतिशत बृद्धि भएको हो ।
९. सूर्योदय लघुवित्त
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष खुद नाफा १४८ दशमलव ७४ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ४ करोड २४ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष १० करोड ५६ लाख ५ हजार रुपैयाँ यो नाफा गरेको हो ।
१०. गणपति लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ३९ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीको यो नाफा ४ करोड २१ लाख ३१ हजार रुपैयाा थियो । कम्पनीले सार्वजनिक गरेको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा ७५ दशमलव ९१ प्रतिशतले बढेको हो ।
११. स्वाबलम्बन लघुबित्त
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो वर्षभन्दा गत वर्ष ७३ दशमलव ९२ प्रतिशत बढी खुद नाफा भएको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा ४८ दशमलव ८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५६ करोड ५३ लाख ७३ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ५६ करोड ५३ लाख ७३ हजार यो नाफा गरेको हो ।
१२. ग्लोबल आइएमई लघुवित्त
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको चौथो त्रैमाससम्म २८३ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष ५ करोड ९४ लाख २६ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष २२ करोड ७६ लाख ५४ हजार यो नाफा गरेको हो ।
१३. वोमी लघुवित्त
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १६ करोड ५ लाख ३९ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष खुद नाफा ६६६ दशमलव ८१ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ९ लाख ३६ हजार मात्र यो नाफा गरेको थियो ।
१४. आरएसडिसी लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड १० लाख ८० हजार खुद नाफा गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीको यो नाफा ७ करोड ८८ लाख ८७ हजार थियो ।
१५. सिभिल लघुवित्त
सिभिल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ करोड ५४ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको यो नाफा ४७४ दशमलव ५६ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा १ करोड १३ लाख ९५ हजार रुपैयाँ थियो ।
१६. साधना लघुवित्त
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको १९६ प्रतिशत बढी ११ करोड ७० लाख ९५ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ९५ लाख १३ हजार थियो ।
१७. आशा लघुवित्त
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको तुलनामा १७२ दशमलव ६६ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो वर्ष ४ करोड ६६ लाख ३० हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष १२ करोड ७१ लाख ४१ हजार यो नाफा गरेको हो ।
१८.आरएमडिसी लघुवित्त
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ करोड २५ लाख ६८ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सोही अवधिसम्म खुद नाफा १८ दशमलव ६८ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले २८ करोड ६० लाख ८ हजार रुपैयाँ यो नाफा गरेको थियो ।
१९. महुली लघुवित्त
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड ८० लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष ३५५ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष कम्पनीले २ करोड १५ लाख ४१ हजार रुपैयाँ यो नाफा गरेको थियो ।
२०. स्वरोजगार लघुवित्त
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ करोड ४३ लाख २१ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षको भन्दा गत वर्ष १६९ दशमदज ६४ प्रतिशत बढी यो नाफा भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ५ करोड ७२ लाख ३३ हजार यो नाफा गरेको थियो ।
२१. डिप्रोक्स लघुवित्त
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १५९ दशमलव ५५ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो वर्ष कम्पनीले २७ करोड ४९ लाख ९१ हजार खुद नाफा गरेको थियो ।
२२. सबैको लघुवित्त
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ११ करोड ४३ लाख १६ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष करिब २३२ प्रतिशतले नाफा बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३ करोड ४४ लाख ४६ हजार मात्र खुद नाफा गरेको थियो ।
प्रतिक्रिया