बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकमा विभिन्न तहका लागि रोजगारी खुलेको छ । बैंकले अफिसर, शाखा प्रबन्धक, रिलेशन म्यानेजर/अफिसर, गोल्ड लोन सुपरभाइजर/असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टको माग गरेको हो ।
बैंकले उक्त विभिन्न तहको लागि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्मको बैंकिङ अनुभव हुनुपर्ने जनाएको छ । त्यस्तै ट्रेनी असिस्टेन्टको लागि भने स्नातक तह पास हुनुपर्ने उल्लेख गरेको छ । अनुभव र इच्छुक आवेदकहरूले आगामी साउन २८ गतेसम्ममा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया