ग्लोबल आइएमई बैंकले एकै दिन सञ्चालनमा ल्यायो ७ नयाँ शाखा 

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले काठमाडौं जिल्लामा सितापाइला, बालाजु चोक र अशनमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। ललितपुर जिल्लामा धोबीघाट र भैंसेपाटी तथा भक्तपुर जिल्लामा गठ्ठाघरमा नयाँ शाखाहरु संचालनमा ल्याइएको बैंकले जनाएको छ।  

त्यस्तै धादिङ जिल्लाको धादिङबेसीस्थित बिचबजारमा नयाँ शाखा सञ्चालनमा आएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जाल सहित २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २३ लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।