बैंकिङ्ग प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ।

असार मसान्तपछि सरकारी खर्च बढेसँगै बैंकहरुमा तरलता पर्याप्त छ। तरलता बढेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप उपकरणमार्फत संकलन गर्ने भएको हो।

यस्तो निक्षेप संकलनमा राष्ट्र बैंकले बोलकबोलका माध्यमबाट निर्धारण हुने ब्याजदर प्रदान गर्नेछ। साउन २७ गते साँवा तथा ब्याज भुक्तानी हुनेछ। 

बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँको लागि बोल गर्न सक्नेछन्। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था यसमा सहभागी हुन सक्नेछन्। कम ब्याजमा बोल गर्नेलाई पहिलो प्राथमिकता दिई निक्षेप बाँडफाँड हुनेछ।