बैंकिङ्ग समाचार, काठमाडौं
।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने बताउनुभएको छ ।
सोमबार साँझ दुबै जना डेपुटी गभर्नरसहित गभर्नरअधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो । भेटमा गभर्नरले मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा बिफ्रिङ गर्नुभएको थियो । उहाँले बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति सार्वजनिकगर्ने जानकारी गराउनुभएको थियो ।
देउवा सरकारले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई संशोधनको तयारी गरिरहेको छ । केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट हाल संसदमा पेश भएको छ ।
प्रतिक्रिया