नेपाल लाइफले ल्यायो ‘नौलो केटाकेटी जीवन बीमा योजना’, तीन बर्षअघि ‘सरेण्डर’ गर्न नमिल्ने

नेपाल लाइफले ल्यायो ‘नौलो केटाकेटी जीवन बीमा योजना’, तीन बर्षअघि ‘सरेण्डर’ गर्न नमिल्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना’ सञ्चालनमा ल्याएको छ । बीमा समितिले बाल बीमाकै नाममा आपराधिक गतिविधि बढेको भन्दै सबै प्रकारका बाल बीमा योजनामा रोक लगाउँदै आएको थियो ।

तर बजारबाट चौतर्फी माग बढेको भन्दै बीमा कम्पनीहरूले बाल बीमा योजना परिमार्जन गरी सञ्चालन गर्न थालेका छन् । त्यसै क्रममा नेपाल लाइफले  ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको छ । अरु कम्पनीले पनि धमाधम बाल बीमा योजना सञ्चालन गरिरहेका छन् ।

यसअघि नेपाल लाइफले केटाकेटी जीवन बीमा प्लान योजना ५१ सञ्चालन गरेको थियो । नयाँ योजना सुरू गरेसँगै पूरानो योजना स्वतः रद्द हुने कम्पनीको भनाई छ । 

समितिले दिएको पछिल्लो निर्देशनलाई आधार बनाएर नयाँ बीमा योजना सञ्चालनमा गरिएको नेपाल लाइफले बताएको छ । यस बीमा पोलिसिअनुसार एक वर्षदेखि १७ वर्ष उमेरका बालबालिकाको बीमा गर्न मिल्छ । बीमा अवधि ३० वर्षलाई तोकिएको छ ।

बीमा समितिले पछिल्लो समय सरेण्डरमा समेत कडाई गरेको छ । बालबीमा पोलिसि पनि अन्य बीमा पोलिसि जस्तै तीन वर्षअघि सरेन्डर गर्न मिल्दैन् ।