काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले बजार व्यवस्थापकमा दरखास्त आवह्वान गरेको छ ।
कम्पनीले तेह्रथुम, खाँदबारी (संखुवासभा), भोजपुर, धनकुटा, चन्द्रगढी, उर्लाबारी (मोरङ), बिराटनगर लगायतका २४ जिल्लाका विभिन्न शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुमा रिक्त रहेको उक्त पदमा कर्मचारी माग गरेको हो ।
त्यसमा इच्छुक तथा योग्य व्यक्तिले दरखास्त दिन सक्ने कम्पनीले जनाएको छ । जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम प्लस टु पास गरी मार्केटिङ सम्बन्धी ज्ञान तथा कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्ने कम्पनीले छ ।
योसँगै कम्पनीले मोटरसाइल तथा स्कुटरको चालक अनुमतिपत्र प्राप्त भएकालाई विशेष प्राथमिकतामा राख्ने जनाएको हो ।






About Us
प्रतिक्रिया