कामना बिकास बैंकको नाफामा उछाल, ६ गुणाले नाफा बढ्यो, अन्य सूचक कस्ता ? 

कामना बिकास बैंकको नाफामा उछाल, ६ गुणाले नाफा बढ्यो, अन्य सूचक कस्ता ? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कामना बिकास बैंक लिमिटेडले खुद नाफामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ गुणाको बढि नाफा कमाएको छ । 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८४.९० प्रतिशत अर्थात ५.८४ गुणा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो।

प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९।९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२।८३ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ५५.८७ प्रतिशतले घट्दा बैंकको सञ्चालन मुनाफा ३३४.२२ प्रतिशत बढेको हो।

आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ४३ करोड ४५ लाख रुपैयाँ धनात्मक भएको छ। अघिल्लो आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

यता बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत, जगेडा कोष ९४.२० प्रतिशत, निक्षेप ३९.३२ प्रतिशत र कर्जा ४९.७७ प्रतिशत बढेको छ।