बैंकिङ्ग समाचार काठमाडौं ।
सिभिल बैंकले उच्च ब्याजदर प्रदान गर्ने गरि २ वटा खाता योजना संचालनमा ल्याएको छ । बैंकले नयाँ आर्थिक वर्षको पहिला दिन ६.०१ प्रतिशत ब्याज दिने गरी सूपर प्रिमियम बचत खाता र ७.०१ प्रतिशत ब्याज दिने गरि खुत्रुके बचत सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार ६.०१ प्रतिशत ब्याज पाइने सुपर प्रिमियम बचत खातामा विभिन्न ६ वटा घातक बीमा सुविधा पनि रहेको छ । मेट लाइफसँगको सहकार्यमा बीमा योजना समेत समावेश गरिएको बैंकले जनाएको छ । यसमा न्यूनतम २५ हजार रुपैयाँ हुनुपर्ने र १८ देखी ५८ वर्ष उमेरका व्यक्तिले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
त्यस्तै खुत्रुके बचत खातामा न्यूनतम ५०० रुपैयाँ पैसा हुुनुपर्ने र यो खातामा संचित रकमको ७० प्रतिशतसम्म कर्जा पाइने बैंकले उल्लेख गरेकको छ ।
प्रतिक्रिया