आइतबार ताेलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आइतबार ताेलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


काठमाडौं– आइतबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेसँगै प्रतितोला छापावाला सुन १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।