बैंकिङ्ग समाचार काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठलाई लामाटार ललितपुरबाट र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्दै आएका महेन्द्र प्रसाद मिश्रलाई काठमाडौँबाट सो कसुरमा पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले श्रेष्ठलाई १५ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने मिश्रलाई उच्च अदालत पाटनले २०७६ साल मङ्सिर २२ गते ७ दिन कैद र ५२ लाख जरिवाना सुनाएको थियो ।
पक्राउ परेका दुवै जनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर माछापुच्छ्रे र सेन्चुरी बैंकका बिभिन्न रकमका चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए । बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।
प्रतिक्रिया