लगातार बढेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

लगातार बढेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। बिहीबार प्रतिताेला १ लाख २५ हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रूपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ। बिहीबार एक हजार चार सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।