आगामी आवदेखि सरकारी कारोबारमा ‘एसआइएस’अनिवार्य गर्न राष्ट्र बैंकको निर्देशन

आगामी आवदेखि सरकारी कारोबारमा ‘एसआइएस’अनिवार्य गर्न राष्ट्र बैंकको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष देखि सरकारी कारोबारको हिसाब मिलान ‘सुपरभाइजरी इन्फर्मेसन सिस्टम’(एसआइएस) बाट प्राप्त विवरणका आधारमा मात्र गर्न निर्देशन दिएको छ ।

\"\"
राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आगामी आर्थिक वर्ष अर्थात साउन १ गते देखिको सरकारी कारोबारको दैनिक हिसाब मिलान एसआइएसबाट प्राप्त विवरणका आधारमा मात्र गर्न बैंकिङ विभागलाइ निर्देशन दिएको हो ।
यसअघि सरकारी कारोबारको दैनिक हिसाब मिलान बैंकहरुले इमेल मार्फत दिने विवरणका आधारमा हुँदै आएको छ ।
एसआइएस पुर्ण रुपमा कार्यान्वयन भैरहेको हुनाले आगामी आवमा सरकारी कारोबारमा पनि अनिवार्य गरिएको हो ।
त्यसैले आगामी साउन देखि एसआइएसमा वास्तविक विवरण पेश गर्न समेत केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘अर्को निर्देशन नआउदाँसम्म यस अघि गर्दै आएको नियमित विवरण पेश गर्ने कार्यलाई पनि निरन्तरता दिनुहोस् ।’