बिहीबार पनि बढ्यो सुनकाे मूल्य, तोलाकाे कति ?

बिहीबार पनि बढ्यो सुनकाे मूल्य, तोलाकाे कति ?


काठमाडौं – आज बिहीबार पनि सुनको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज १५ सय रुपैयाँले बढेर आज छापावाला सुन प्रतितोलमा १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।