हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पाँच जना पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पाँच जना पक्राउ


बारा – हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले २१ लाख नगदसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा सोहिठाउ– ४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाइ नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारी रहेका छन् ।

यसैगरी भारतको बिहार राज्य मोतिहारी जिल्ला आदापुर थाना हरपुर पञ्चायत नायकाटोला बस्ने शम्भु साहका २९ वर्षीय छोरा रञ्जित सरार्फ, सोही ठाउँ श्यामपुर टोल बस्ने ४२ वर्षीय कृष्णालाल प्रसाद र अरेराज बस्ने ४० वर्षीय रविशंकर सिंह रहेको बारा प्रहरीले जनाएको छ ।