एसियाली विकास बैंकको नेपाल निर्देशकमा आर्नो कोस्वा नियुक्त

एसियाली विकास बैंकको नेपाल निर्देशकमा आर्नो कोस्वा नियुक्त

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं 
एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि नयाँ निर्देशक नियुक्त गरेको छ । एडीबीले आर्नो कोस्वालाई नेपालका लागि नयाँ देशीय निर्देशकमा नियुक्त गरेको हो ।

कन्ट्री निर्देशकका रूपमा उनले नेपाल सरकार र अन्य विकास साझेदारहरूसँग नीतिगत छलफल÷वार्ता गर्नेछन् । यस्तै, एडीबीको सहयोगमा सञ्चालित पूर्वाधार विकासलगायत परियोजनाहरुको अनुगमन, निरीक्षण गर्नेछन् ।

नेपालका लागि कन्ट्री डाइरेक्टरमा नियुक्त भएपछि कोस्वाले भन्नुभयो, “म साझेदारीमा अगाडि बढ्न चाहन्छु र सरकार, विकास साझेदारहरु र नेपालको विकास एजेन्डा एवं गरिबी न्यूनीकरण प्रयासलाई सहयोग पुर्‍याउन अन्य सरोकारवालाहरुसँग मिलेर काम गर्ने आशा गर्दै छु ।”

उहाँले तत्कालको प्राथमिकता कोभिड–१९ ले नेपाललाई पारेको तत्कालीन र दीर्घकालीन स्वास्थ्य, आर्थिक र सामाजिक प्रभाव न्यूनीकरणका लागि हुने पनि बताउनुभयो ।

कोस्वा एडीबीमा विगत १५ वर्षदेखि आवद्ध छन् भने तीन दशक बढी समयदेखि विभिन्न व्यावसायिक क्षेत्रमा काम गरेको अनुभव छ । जलस्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका फ्रान्सेली नागरिक कोस्वा २००५ मा ग्रामीण विकास विशेषज्ञको रूपमा एडीबीमा प्रवेश गरेका हुन् ।

एडीबीमा आउनुअघि कोस्वाले अफगानिस्तानमा युरोपियन आयोगको ग्रामीण विकास सल्लाहकारको रूपमा काम गरेका थिए । एडीबी नेपालको दीर्घकालीन विकास साझेदार हो ।