ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन वृद्धिमा सुस्तता

ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन वृद्धिमा सुस्तता


काठमाडौं– सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन उच्च स्तरमा पुगेको छ । तर स्वच्छ प्रविधिको निरन्तर विस्तारका कारण विगतका वर्षहरूको तुलनामा वृद्धि सुस्त भएको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)ले शुक्रबार जनाएको छ ।

सन् २०२३ मा ऊर्जा क्षेत्रबाट कार्बन डाइअक्साइड उत्सर्जन १.१ प्रतिशत अर्थात् ४१ करोड टनले बढेर ३७.४ अर्ब टन पुगेको छ भने सन् २०२२ मा ४९ करोड टन कार्बन डाइअक्साइड उत्सर्जन भएको आईईएले आफ्नो वार्षिक अद्यावधिकमा उल्लेख गरेको छ ।

सौर्य प्यानल, हावावाट चल्ने टर्बाइन, आणविक ऊर्जा र विद्युतीय कारजस्ता प्रविधिबिना विगत पाँच वर्षमा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जनमा विश्वव्यापी वृद्धि भएको भनिएको ९० करोड टनभन्दा तीन गुणा बढी हुने थियो ।

ऊर्जाबाट कार्बन उत्सर्जनमा गत वर्षको वृद्धिको ४० प्रतिशतभन्दा बढी चीन, संयुक्त राज्य अमेरिका, भारत र अन्य ठाउँहरूमा भीषण खडेरीको कारण भएको थियो जसले हाइड्रो–इलेक्ट्रिक उत्पादनमा कटौती भएको र उपयोगिताहरूलाई जीवाश्म ईन्धनको सहारा लिन बाध्य बनाएको थियो ।

पानीको कमी नभएको भए गत वर्ष मात्रै विद्युत् उत्पादनबाट हुने विश्वव्यापी कार्बन उत्सर्जनमा अझै धेरै कमी आउने थियो । सन् २०२३ मा चीन र भारतमा ऊर्जा कार्बन उत्सर्जनमा वृद्धि भएको छ भने विकसित अर्थतन्त्रमा पनि गिरावट आएको छ । कोइलाको माग सन् १९०० को दशकको सुरुदेखि नदेखिएको स्तरमा झरेपछि उनीहरूको उत्सर्जन ५० वर्षयताकै न्यून बिन्दुमा झरेको छ ।

गत वर्ष पहिलो पटक, विकसित अर्थव्यवस्थाहरूमा उत्पादित कम्तिमा आधा बिजुली नवीकरणीय र आणविकजस्ता कार्बन डाइअक्साइड कम उत्सर्जन हुने स्रोतहरूबाट आएको थियो । चीनमा कार्बनडाइअक्साइड उत्सर्जन बढेको भएपनि सन् २०२२ मा पूरै विश्वले गरेकाभन्दा चीनले सन् २०२३ मा त्यति नै सौर्य पीभी क्षमता थपेको छ ।

आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले भने, ‘स्वच्छ ऊर्जा सङ्क्रमणले विगत पाँच वर्षमा तनाव परीक्षणको शृङ्खला पार गरेको छ र यसले आईईएको लचिलोपन प्रदर्शन गरेको छ । महामारी, ऊर्जा सङ्कट र भूराजनीतिक अस्थिरताले स्वच्छ र अधिक सुरक्षित ऊर्जा प्रणाली निर्माण गर्ने प्रयासलाई विफल पार्ने सम्भावना थियो । तर हामीले धेरै देशहरूमा यसको विपरीत अवस्थामा देखेका छौं ।’ (एजेन्सी)