सार्वजनिक बिदाका कारण घट्यो फेब्रअरीमा चीनको उत्पादन खरिद प्रबन्ध सूचकाङ्क

सार्वजनिक बिदाका कारण घट्यो फेब्रअरीमा चीनको उत्पादन खरिद प्रबन्ध सूचकाङ्क


काठमाडौं– चीनको उत्पादन क्षेत्रको लागि खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको छ ।

जसमा ५० भन्दा माथिको तथ्याङ्कले विस्तारलाई जनाउँछ भने ५० भन्दा तलको तथ्याङ्कले सङ्कुचनलाई जनाउँछ । एनबीएसका वरिष्ठ तथ्याङ्कविद् झाओ किङ्घेले फेब्रअरी १०–१७ चलेको ‘स्प्रिङ फेस्टिभल’को लामो बिदाले गिरावट ल्याएको बताएका छन् । उनका अनुसार यस अवधिमा कर्मचारीहरू घर फर्किने भएकोले परम्परागत उत्पादनमा कमी आउँछ ।

ठूला उद्यमहरूमा अघिल्लो महिनाको तुलनामा विस्तारको दायरामा रहेको उप–सूचकाङ्क ५०.४ पुगेको थियो । यसैबीच, उत्पादनका लागि उप–सूचकाङ्कमा अघिल्लो महिनाको तुलनामा १.५ अङ्कले कमी आई ४९.८ कायम भएको छ । यसले कम सक्रिय उत्पादनलाई सङ्केत गर्दछ । नयाँ मागको उप–सूचकाङ्क अघिल्लो महिनाको समान ४९ कायम भएको छ ।

यसले अघिल्लो महिनाको तुलनामा फेब्रुअरीमा उत्पादन बजारमा माग घटेको सङ्केत गरेको छ । उत्पादन कम्पनीलगातार बजार विस्तारको सन्दर्भमा भने आशावादी रहेकोे उत्पादन र व्यापार पूर्वानुमानको लागि उप–सूचकाङ्क ५४.२ कायम भएको छ । अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले बढी हो । चीनको गैर–विनिर्माण क्षेत्रको पीएमआई फेब्रुअरीमा ५१.४ मा आएको छ, जुन जनवरीमा ५०.७ थियो । (एजेन्सी)