विश्व बैंकद्वारा नेपाललाई २०० मिलियन अमेरिकी डलर सहयोग

विश्व बैंकद्वारा नेपाललाई २०० मिलियन अमेरिकी डलर सहयोग


काठमाडौं– विश्व बैंकले नेपाललाई २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्व बैंकले एक विज्ञप्ति जारी गर्दै दुई वटा कार्यक्रम सञ्चालनका लागि सो रकम उपलब्ध गराउने जनाएको हो ।

विज्ञप्तिअनुसार त्यसमध्यको १०० मिलियन अमेरिकी डलर भने स्थानीय तह र प्रदेशसम्म फैलिएको सडक सञ्जाललाई गुणस्तरीय र जलवायु अनुकूल बनाउन खर्च गर्नुपर्ने छ । स्थानीय उत्पादनको बजार व्यवस्थापन सहज बनाउन यो रकम नेपालको ढुवानी लागत घटाउने गरी सडकको मर्मत सम्भार र पुल निर्माणमा लगाउनुपर्ने विज्ञप्तिममा उल्लेख छ ।

यस्तै नेपालमा जलवायु अनुकूल (हरित) पूर्वाधार निर्माणमा सहयोग, नेपालको ऋण पारदर्शी र खण्डीकरणमा यो रकमले सहयोग पुग्ने अपेक्षा राख्दै विश्व बैंकले नेपालमा आउने विदेशी लगानीलाई बढवा दिन समेत प्रभावकारी हुने जनाएको छ । बैंकले कार्यक्रम तीन चरणमा सञ्चालन हुने जनाउँदै पहिलो चरणमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेटिने जानकारी दिएको हो ।