काठमाडौं– रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेकाे हाे ।
बोर्डले गत पुषा १९ गते कम्पनीलाई १० बराबर ५ कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशनकाे स्वीकृति प्रदान गरेको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा फागुन १८ गतेदेखि चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।



About Us
प्रतिक्रिया