बैकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ क्षेत्रका कर्मचारीहरू सामाजिक सुरक्षा कोषविरुद्ध विरोधमा उत्रिन थालेका छन् । मंगलबार नबिल बैंक, नेपाल बंगलादेश बैंक, माछापुछ्रे बैंकका कर्मचारीले कालो ब्यानरसहित कार्यालय परिसरमा धर्ना दिएर कोषविरुद्ध विरोध प्रदर्शन गरे ।
कोषले सुविधा कटौती हुनेगरी कोषमा आवद्ध हुन दबाब र धम्की दिएको भन्दै बैंकदेखि बीमा कम्पनीसम्मका कर्मचारीहरू असन्तुष्ट छन् । उनीहरूले जबरजस्ती कोषमा आवद्ध हुन दबाब दिइए कानुनी उपचारका साथै देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिँदै आएका छन् । तर कोषले भने आन्दोलनरत पक्षले दावी गरेजस्तो कम सुविधा सामाजिक सुरक्षा कार्यक्रममा प्रदान नगरेको जिकिर गर्दै आएको छ ।
कोष र वित्तीय क्षेत्रका कर्मचारीहरूबीचको विवाद चर्किंदै गएको बेला आज केही बैंकका कर्मचारी धर्नामा उत्रिएका हुन् । आफूहरूले उठाएका माग सम्बोधन गर्न सामाजिक सुरक्षा कोषसँग पटकपटक वार्ता गर्दा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको भोलिका दिनमा नेपाल वित्तीय संस्था कर्मचारी संघले बैंकिङ क्षेत्रका कर्मचारीहरू सामाजिक सुरक्षा कोषविरुद्ध विरोधमा उत्रिन थालेका छन् । मंगलबार नबिल बैंक, नेपाल बंगलादेश बैंक, माछापुछ्रे बैंकका कर्मचारीले कालो ब्यानरसहित कार्यालय परिसरमा धर्ना दिएर कोषविरुद्ध विरोध प्रदर्शन गरे ।
कोषले खाईपाई आएको सुविधा कटौती हुनेगरी कोषमा आवद्ध हुन दबाब र धम्की दिएको भन्दै बैंकदेखि बीमा कम्पनीसम्मका कर्मचारीहरू असन्तुष्ट रहेका छन् । उनीहरूले जबरजस्ती कोषमा आवद्ध हुन दबाब दिइए कानुनी उपचारका साथै देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिँदै आएका छन् । तर कोषले भने आन्दोलनरत पक्षले दावी गरेजस्तो कम सुविधा सामाजिक सुरक्षा कार्यक्रममा प्रदान नगरेको जिकिर गर्दै आएको छ ।
कोष र वित्तीय क्षेत्रका कर्मचारीहरूबीचको विवाद चर्किंदै गएको बेला आज केही बैंकका कर्मचारी धर्नामा उत्रिएका हुन् । आफूहरूले उठाएका माग सम्बोधन गर्न सामाजिक सुरक्षा कोषसँग पटकपटक वार्ता गर्दा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको नेपाल वित्तिय संस्था कर्मचारी संघले जानाएको छ ।
प्रतिक्रिया