काठमाडौ,
नेपाल बीमा प्राधिकरणले ५६औं वार्षिकोत्सवको अवसरमा प्रकाशित बीमा समाचार र विचार विशेषाङ्कको लागि लेख रचना उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्राधिकरणले सार्वजनिक सूचना प्रकाशन गर्दै ५६ औं वार्षिकोत्सवका अवसरमा विशेषांकमा बीमा, बैंक वित्त, पूँजी बजार, व्यवस्थापन र सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित लेख रचनाहरु प्रकाशन गर्न लागिएको जानकारी दिएको छ।
लेख रचना पठाउदा कम्पनीमा २ सय शब्दसम्मको नेपाली वा अङग्रेजी भाषामा, प्रिति वा टाइम् न्यु रोमन फन्डमा चैत मसान्तसम्म प्राधिकरणको इमेलमा पठाउन सकिनेछ ।
साथै, विशेषांकमा प्रकाशनका लागि छनौटमा पर्ने लेख रचनावापत लेखकलाई प्राधिकरणले पारिश्रमिक समेत दिने भएको छ। लेख रचना छनौट तथा प्रकाशनको सम्पूर्ण अधिकार प्राधिकरण रहनेको रहने छ ।
प्रतिक्रिया