काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन संकट अन्त्य गर्न आह्वान गरेका छन् । युक्रेनमा रुसको विशेष सैन्य कारबाहीको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सुरक्षा परिषद्को बैठकमा उनले यस्तो अपील गरेका हुन् । दुई वर्ष बितिसक्दा पनि युक्रेनको द्वन्द्व युरोपको मुटुमा खुल्ला घाउ बनेको बताए ।
अन्तर्राष्ट्रिय विवादहरू शान्तिपूर्ण माध्यमबाट समाधान गरिने र सबै राज्यहरूले अन्य कुनैपनि राज्यको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्धको धम्की वा बल प्रयोगबाट अलग रहनुपर्ने भनाइ राखे
युक्रेन र विश्वभर शान्ति र सुरक्षाको बाटो अपनाउनु आवश्यक रहेको बताए (एजेन्सी)
प्रतिक्रिया