राष्ट्रिय वाणिज्य बैंकको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’मा मागभन्दा बढि रकमको लागि आवेदन

राष्ट्रिय वाणिज्य बैंकको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’मा मागभन्दा बढि रकमको लागि आवेदन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’मा लगानीकर्ताको सहभागिता उल्लेख्य देखिएको छ । 

बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोडको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’मा ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र जेठ २८ गते बन्द भएको हो ।