राष्ट्र बैंकद्वारा विभागको जिम्मेवारी हेरफेर, आर्थिक विभाग ढुंगानाको भागमा

राष्ट्र बैंकद्वारा विभागको जिम्मेवारी हेरफेर, आर्थिक विभाग ढुंगानाको भागमा


काठमाडौं – नेपाल राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय बैंकले विभागको जिम्मेवारी हेरफेरको क्रममा वरिष्ठ डेपुटी गर्भनर ढुंगानालाई आर्थिक जिम्मेवारी दिइएकाे छ ।

अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रको जिम्मेवारी भने यथावत् राखिएको छ । ढुंगानालाई आर्थिक अनुसन्धान विभाग दिएर वाणिज्य बैंकहरुको सुपरिवेक्षण विभाग गर्भनर अधिकारीले आफनो मात्तहतमा राखेका छन् ।