एनसेलले तिर्‍यो एकै आर्थिक वर्षमा २ अर्बभन्दा बढी रोयल्टी

एनसेलले तिर्‍यो एकै आर्थिक वर्षमा २ अर्बभन्दा बढी रोयल्टी


काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत आर्थिक वर्ष २०७९/८० मा दुई शीर्षकमा २ अर्बभन्दा बढी राजस्व तिरेको छ । गत आर्थिक वर्ष एनसेलले सबैभन्दा बढी रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा राजस्व तिरेकाे गरेको हो ।

एनसेलले रोयल्टी अन्तर्गत १ अर्ब ४७ करोड रूपैयाँ र आरटीडीएफबापत ७३ करोड ७५ लाख रूपैयाँ सरकारलाई बुझाएको छ। आव २०७८/७९ मा सरकारलाई बुझाएको यस्तो रकममा रोयल्टी १ अर्ब ५८ करोड रूपैयाँ रहेको थियो । त्यसैगरी आरटीडीएफमा योगदान ७९ करोड १ लाख थियो ।

प्राधिकरणको प्रावधान अनुसार वर्षेनी पुस मसान्तभित्र दूरसञ्चार ऐन २०५३ तथा दूरसञ्चार नियमावली २०५४ अनुसार सबै सेवाप्रदायकले अनिवार्य रुपमा वार्षिकरुपमा आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत आरटीडीएफ तिर्नुपर्छ ।

पुस मसान्तसम्ममा ३१ वटा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० को रोयल्टी र आरटीडीएफ बुझाएको प्राधिकरणले जनाएको छ । यस्तो शुल्क बुझाउनेमा नेपाल टेलिकम, एनसेल, वर्ल्डलिंक, सुविसुसहित कुल ३१ वटा कम्पनी छन् ।