सानिमा लाईफले ६० करोड रुपैयाँ बरारबरको आइपीओ जारी गर्ने

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ ।

कम्पनीको वैशाख ३१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आज (जेठ २३ गते, आइतबार) कम्पनीकाे प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत् सुरू हुनेछ । 

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

यसका साथै, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

\"\"