मिड सोलु हाइड्रोपावरको ३७ हजार ४२० कित्ता शेयरको ‘लक इन’ चैत्रमा सकिँदै

मिड सोलु हाइड्रोपावरको ३७ हजार ४२० कित्ता शेयरको ‘लक इन’ चैत्रमा सकिँदै


काठमाडौं – मिड सोलु हाइड्रोपावरको शेयरको ‘लक इन’ अवधि आगामी चैत्र १० गते सकिने भएको छ । कम्पनीको ३७ हजार ४२० कित्ता शेयरको लक इन’ अवधि उक्त मितिमा सकिने भएको हो ।

कम्पनीले आईपीओ जारी गर्दा सामुहिक लगानी कोषहरुलाई आरक्षित गरेको शेयरको लकइन चैत्र १० गते सकिन लागेकाे हो ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको १४ लाख ९६ हजार ८०० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो । त्यसमध्ये २०८० भदौ २९ देखि असोज २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरी असोज १० गते बाँडफाँड गरेको थियो ।

त्यस समयमा सर्वसाधारणमा शेयर निष्कासन हुने सेयरको पाँच प्रतिशतले हुन आउने ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँडफाँड गरेको थियो । सोही शेयरको लकइन चैत १० गतेदेखि सकिन लागेको हाे ।