सात महिनामा नेपालबाट ८ अर्बको चिया र कफी निर्यात

सात महिनामा नेपालबाट ८ अर्बको चिया र कफी निर्यात


काठमाडौं,चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा ८ अर्ब ७ करोड ८९ लाख रुपैयाँको चिया र कफी निर्यात गरेको हो । नेपालबाट अमेरिका, जापान, चीन, भारत लगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ ।