भूगोल इनर्जीको नाफा घट्यो


काठमाडौं – भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी यस अवधिमा १ करोड रुपैयाँ नोक्सानीमा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनी १ करोड १४ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेको हो । गत आर्थिक वर्ष २०७९/८० को सोहि अवधिमा कम्पनी ३ करोड ९९ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।