चलचित्रलाई आर्थिक विकासको उद्योगका रुपमा अघि बढाउनुपर्छः मन्त्री किराँती

चलचित्रलाई आर्थिक विकासको उद्योगका रुपमा अघि बढाउनुपर्छः मन्त्री किराँती


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र पुस्तक र पत्रपत्रिका भन्दा पनि शक्तिशाली भएको बताएका छन् । काठमाडौंमा गोरखा वारियर चलचित्रको प्रिमियर शो हेरिसकेपछि सिनेपत्रकारहरुसँगको कुराकानीका क्रममा उनले सो भनाइ राखेका हुन् ।

मन्त्री किराँतीले नेपाली फिल्मले विदेशी बजारमा पहुँच राख्नु आफैँमा राम्रो भएको पनि बताए । उनले गोरखाको कुरामा पुरुषको मात्रै नाम आउने भन्दै त्यो बेलामा महिललो घरमा बस्दा भोग्नुपरेका कुरालाई पनि चलचित्रमा उतार्न सक्नुपर्ने भनाइ राखे ।

मन्त्री किराँतीले गोरखा भर्ती नेपालीको रोजाई नभइ बाध्यता भएको बताए । उनले संसारको सबैभन्दा नरम कुटनीतिको रुपमा चलचित्र स्थापित हुँदै गएको पनि औल्याएँ ।

उनले भने , ‘नेपाली फिल्मले विदेशी बजारमा पहुँच राख्न थालेको छ । यो एकदमै राम्रो कुरा हो । गोरखाको कुरा गर्दा पुरुषको मात्रै कथा आउँछ, घरमा विधवा भएका महिलाको कथा कम हुन्छ, यसमा पनि फिल्म आउनुपर्छ । गोरखा भर्ती हाम्रो रोजाई थिएन । तर पनि स्वीकार्नै पर्छ, त्यो स्टेजमा हामी छौँ । यस्तै चलचित्रबाट उजागर गर्नुपर्छ । चलचित्र पुस्तक र पत्रपत्रिका भन्दा पनि शक्तिशाली हो । संसारको नरम कुटनीतिको रुपमा स्थापित हुँदैछ । गोरखाली पुस्ताले देखाएको वीरतालाई देश बनाउने अभियानमा बदल्नुपर्छ । चलचित्र समाजको ऐना हो, हिजो आज र भोलिको समाजको ऐनालाई देखाउने गर्दछ । आर्थिक विकासको उद्योगका रुपमा पनि अघि बढाउनुपर्छ ।’