काठमाडाैं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेकाे छ । लघुवित्तले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी मागेकाे हो । उक्त पदका लागि न्युनतम प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
कम्पनीले आवेदकसँग लघुवित्त वित्तीय संस्थामा फिल्ड स्तरमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने जनाएकाे छ। राेजगारीकाे लागि ईच्छुक तथा योग्यता पुगेकाले फागुन २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।
कम्पनीले सन्तोजनक कार्यसम्पादन भएमा ६ महिनाको परीक्षणकाल पश्चात् स्थायी हुने जनाएको छ । आवेदनका लागि उमेर हद १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनुपर्ने छ । तर महिला आवेदकको लागि भने ५ वर्ष उमेर हद थप गरिएकाे छ ।
प्रतिक्रिया