नबिलले डाक्यो विशेष साधारण सभा, युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँमा खरीद गर्ने प्रस्ताव पारित हुँदै

नबिलले डाक्यो विशेष साधारण सभा, युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँमा खरीद गर्ने प्रस्ताव पारित हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।  
नबिल बैंकले विशेष साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको जेठ २० गते सम्पन्न बैठकले असार ५ गते शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालबाट भर्चुअल माध्यमबाट सभा बोलाएको हो ।

बैंकको उक्त विशेष साधारण सभाले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्नेछ । दुई संस्थाको मर्जर तथा प्राप्ती प्रकृयाका लागि गराइएको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन अनुसार फाइनान्सको १०० कित्ता शेयर हुनेले बैंकको ३५ कित्ता शेयर हुन आएको छ । सोेही अनुसारको कायम हुन आएको प्रस्ताव बैंकले विशेष साधारण सभा मार्फत पारित गर्न लागेको हो ।

यसैगरी मर्जर तथा पप्तीका लागि भएर गरेका सम्पूर्ण काम कारवाहीहरुको अनुमोदन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, र अन्य थप संस्थाहरुसँग पनि मर्जर तथा प्राप्ती प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव विशेष साधारण सभामा रहेको छ ।

उता फाइनान्सले पनि सोही दिन केन्द्रीय कार्यालयमा बिहान ११ बजे नै नबिल बैंकमा विलय हुन अन्तिम स्वीकृति लिनका लागि विशेष साधारण सभा बोलाएको छ । फाइनान्सले पनि मर्जर तथा प्राप्ती प्रकृयाका लागि भएका सम्पूर्ण काम कारवाहीको अनुमोदन गर्ने र नबिल बैंकमा विलय हुने स्वीकृति दिने प्रस्ताव रहेको छ । विशेष साधारण सभाका लागि बैंक तथा फाइनान्स दुबैले जेठ २८ गते शुक्रबार शेयर दाखिला खारेनजी (बुकक्लोज) मिति तोकेका छन् ।

यसअनुसार जेठ २७ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहन आउने शेयरधनीहरुले विशेष साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् । यद्यपी फाइनान्सको शेयर कारोबार भने प्राप्ती सम्झौतासँगे नेप्सेमा रोक्का रहेको छ ।