बैकिङ्ग समाचार ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड–१९बाट ग्राहकलाई सुरक्षित राख्ने उद्देश्यले ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइन बिमा दाबी सेवा सुरु गरेको छ । कम्पनीले बिमा दाबी गर्नका लागि कम्पनीको कार्यालयमा जानु नपर्ने गरी सेवा सुरु गरेको हो ।
यस सुविधामार्फत सेवाग्राही वा बिमितले इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बिमा दाबी प्रक्रिया पूरा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाइनबाट दाबीसम्बन्धी आवश्यक कागजपत्र अपलोड गरी सजिलै दाबी प्रक्रिया अगाडि बढाउन सकिने जनाइएको छ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेस गर्ने प्रक्रिया चाँडो हुने जनाएको छ । यो सेवाले बिमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
कम्पनीको ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली एक वर्षअघिदेखि नै सञ्चालनमा रहेको जनाइएको छ । कम्पनीले विभिन्न तालिमहरू डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको जनाएको छ । ग्राहक तथा अभिकर्ताहरूलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने क्रममा आउँदा दिनमा अरू थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवा प्रचलनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए ।
यसका साथै घरमै बसेर बिमा शुल्क तिर्न सकिने व्यवस्थाका लागी ई–सेवा, फोनपे, कनेक्ट आइपिएसलगायतका डिजिटल बंैकिङ सुविधा र कम्पनीको बैंक खाताहरू उपलब्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैँले हेर्न मिल्ने पोर्टलसमेत प्रचलनमा ल्याएको जनाइएको छ ।
प्रतिक्रिया